गृहपृष्ठ सवारी दुर्घटनामा भारतमा बर्सेनि डेढ लाखको मृत्यु
सवारी दुर्घटनामा भारतमा बर्सेनि डेढ लाखको मृत्यु
भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार जनाको मृत्यु हुने गरेको छ । एक तथ्यांकअनुसार देशभर हुने सयौं सडक दुर्घटनामा डेढ लाख मानिसको ज्यान जाने गरेको हो ।
चालकको लापर्बाही, साँधुरो र खराब अवस्थाको सडकलगायतका कारणले भारतमा धेरै यस्ता दुर्घटना हुने गरेका छन् । भारत विश्वमै धेरै सडक दुर्घटना हुने देश हो ।
यसैबीच, भारत प्रशासित काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा शनिबार १३ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार थिए । दुर्घटना भएको बस बाटोबाट झण्डै ७० मिटर तल खसेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
पहाडी क्षेत्रमा पर्ने पुन्च भन्ने ठाउँमा साघुँरो बाटो र अफ्टयारो घुम्तीका कारण दुर्घटना भएको बताइएको छ । घटनास्थल श्रीनगरदेखि २०० किलोमिटर टाढा पर्ने वरिष्ठ प्रहरी निरीक्षक राजिव पाण्डेले जानकारी दिए । ‘घटनामा परी १३ जनाको मृत्यु भएको छ भने अरु घाइते भएका छन्,’ पाण्डेले एएफपीसँग भनेका छन् । घाइतेको विमानबाट जम्मुस्थित अस्पताल लगेर उपचार गराइएको छ ।
प्रकाशित समय ०७:१७ बजे

















