गृहपृष्ठ ट्रम्प प्रशासनविरूद्ध ६५ अमेरिकी विश्वविद्यालय अदालतमा

ट्रम्प प्रशासनविरूद्ध ६५ अमेरिकी विश्वविद्यालय अदालतमा

विश्वविद्यालयको दावी- सरकारको निर्णय देशको हितमा छैन

Donald-Trump-newskarobar

अमेरिकाका ६५ विश्वविद्यालय ट्रम्प प्रशासनले लिएको एक निर्णयलाई चुनौती दिँदै अदालत पुगेका छन् । राष्ट्रपति भएयता थुप्रै ‘विवादित’ निर्णय गरेको ट्रम्प प्रशासनविरूद्ध नयाँ छात्र भिसा नीतिलाई लिएर ति विश्वविद्यालयहरू अदालत पुगेका हुन् ।

यही वर्ष अगष्टमा घोषणा गरिएको छात्र भिसा नीतिविरूद्ध हार्वार्ड, एमअइटी लगायत ६५ विश्वविद्यालयले चुनौती दिएका हुन् । उनीहरूका अनुसार यो नीति अवलम्बन गरिएमा अमेरीकाको उच्च शिक्षा प्रणालीलाई झड्का लाग्छ । त्यसोत सन् २००० मा अमेरिकामा विदेशी विद्यार्थीको संख्या २३ प्रतिशत थियो, जबकी सन् २०१२ सम्म आइपुग्दा यो संख्या घटेर १६ प्रतिशतमा झरेको छ ।

चीन, क्यानडा, फ्रान्स लगायतका मुलुकका कारण अमेरिकामा पढ्न आउने विद्यार्थीहरूको संख्या घटीरहेका बेला ट्रम्प प्रशासनको यो निर्णयले त्यसलाई थप संकटमा पार्ने उनीहरूले बताएका छन् ।

विश्वविद्यालयका अनुसार विदेशी विद्यार्थीलाई अमेरिकामा बस्नेबाट प्रतिबन्ध लगाउनु देशको हितमा छैन । अहिलेको कानुन अनुसार भिसा अवधि समाप्त भएपछि पनि विद्यार्थीहरू अमेरिकामा ६ महिनासम्म अमेरिकामा बस्न पाउँछन् । तर, प्रस्तावित नयाँ नियममा भने डिग्री पूरा हुनासाथ या भिसा अवधि समाप्त हुनासाथ विदेशी विद्यार्थी अमेरिकामा बस्नु गैरकानुनी हुन्छ ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु