गृहपृष्ठ प्रधानमन्त्रीको अनपेक्षित राजीनामापछि मालीमा नयाँ सरकार गठन
प्रधानमन्त्रीको अनपेक्षित राजीनामापछि मालीमा नयाँ सरकार गठन
नैरोबी, १६, रासस÷एएफपी÷सिन्ह्वा० ः केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।
मध्य केन्याको एउटा सडकमा बस र मिनिट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । “तीस जनाको मृत्यु भएको छ,” रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो अर्रोेमेले भन्नुभयो । उहाँले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको जानकारी दिनुभयो ।
“घटनास्थलबाट सवै शव निकालिसकिएको छ भने घाइतेलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ,” उहाँले थप्नुभयो । त्यसैगरी मेक्सीकोमा तीन ओटा सवारी साधन एकै ठाउँमा जुध्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । भ्यान र मोटरसाइकल एक आपसमा ठोक्कीएका हुन् ।
दक्षिणी मेक्सीकोको गुइरो राज्यमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जना अमेरिकाबाट घुम्न आएका पनि परेको अधिकारीले शनिबार जनाएका छन् ।मृत्युहुने अन्य पाँच जनामा भेनका चालक र उनका सहयोगी रहेका छन् । परिवारजनसँग घुम्न आएका एक जना १८ वर्ष र अर्का एक जना आठ वर्षका गरी दुई जना केटा पनि दुर्घटनामा परी मारिएका छन् । घुम्न आएका उनीहरुको गन्तव्यको ठाउँ आउन १५ मिनेट अगाडि दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
प्रकाशित समय १५:४० बजे