गृहपृष्ठ कर तिर्ने सहमतिपछि पोखरामा प्याराग्लाडिङमाथिको अवरोध हट्यो
कर तिर्ने सहमतिपछि पोखरामा प्याराग्लाडिङमाथिको अवरोध हट्यो
फाइल तस्बिर।
कम्पनीहरुले कर तिर्न सहमति जनाएपछि बुधबारदेखि प्याराग्लाइडिङमा कुनै अवरोध नहुने भएको छ ।
पोखरा महानगरपालिकाले कर नतिर्ने उपर कारवाही स्वरुप बुधबारदेखि प्याराग्लाइडिङ उडानमा रोक लगाउने चेतावनी दिएको केही घण्टामै व्यवसायीले महानगरसँग वार्ता गरी तिर्न राजी भएको बताइएको छ । प्याराग्लाइडिङ कम्पनीहरुले स्थानीय निकायलाई ४ बर्षको एकै पटक कर तिर्न सहमति भएका छन् । छलफलमा पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था ना, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा) बसेका थिए । एक हप्ता भित्र २०७२÷७३ देखि हालसम्म ४ वर्षको कर स्थानीय सरकारलाई तिर्ने सहमति बनेको पोखरा महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए ।
पोखरामा हाल ६३ वटा प्याराग्लाइडिङ कम्पनीहरु रहेका छन् ।
प्रकाशित समय ०९:०७ बजे

















