गृहपृष्ठ खुला मञ्चका सटर हटाउन महानगरपालिकालाई ज्ञापन
खुला मञ्चका सटर हटाउन महानगरपालिकालाई ज्ञापन
काठमाडौँ उपत्यकामा रहेका खाली जग्गा भूमाफियाले अतिक्रमण गरेको भन्दै खुलामञ्च बचाउ अभियानको टोलीले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
अभियानका संयोजक सुसन वैद्यले विपद व्यवस्थापनका बेला सबैभन्दा पहिला खुला क्षेत्र चाहिने बताउँदै भने, ‘महानगरले सरकारी जग्गा बेचेर व्यापारिक केन्द्र बनाउन पाउँदैन । खुला विपद व्यवस्थापनको लागि मात्र हो ।’
संयोजक वैद्यले यस विषयमा महानगरपालिकालाई यसअघि पनि विभिन्न माध्यमबाट ध्यानाकर्षण गराइको बताउँदै वास्ता नगरिएको बताए । उनले महानगरपालिकाले मौखिक रुपमा सटर निर्माणको अनुमति दिएको जानकारीमा आएको बताउँदै त्यसलाई यथासिघ्र रोक्न मेयरको हस्तक्षेपकारी भूमिका हुनु पर्ने बताए ।
खुलामञ्च बचाउ अभियानको टोलीले आफूहरुको माग वैशाख अन्त्यसम्म पनि सुनुवाई नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।
प्रकाशित समय १८:५४ बजे

















