गृहपृष्ठ ‘नेपाल प्लस साइज मोडल’ छानिने

‘नेपाल प्लस साइज मोडल’ छानिने

Print

नेपालमै पहिलो पटक मोटी युवतीहरुको लागि ‘सिद्धि मिडियाले ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना गर्ने भएको छ ।
‘मेरो कमजोरी मेरो क्षमता’ नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् । सिद्धि मिडियाले विहिवार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १७ देखि ४० बर्षसम्म जुनै समुदायका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।
समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दै उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।
पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, पब्लिक स्पिकिङ, मिडिया काउन्सिलिङलगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिनेछ । प्रतियोगीले निशुल्क प्रशिक्षण पाउनेछन् ।
प्रतियोगिताका शिर्ष सहित आधादर्जन बिधामा बिजेता छानिनेछ । प्रतियोगितामा सहभागीताका लागि सिद्धि मिडियाको कार्यलयबाट आवेदन फर्म भर्न सकिनेछ ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु