गृहपृष्ठ विशेष
राष्ट्रिय सभा सदस्य चयनका लागि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवाद टुंगोमा नपुग्दा संघीय संसद्को माथिल्लो सदनको निर्वाचन मात्र होइन, प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा र नयाँ सरकार गठनका काम नै अवरुद्ध छन् । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय वा बहुमतीय...
नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना समस्यामा फसिरहेका बेला निजी क्षेत्रका परियोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भइरहेका छन् । प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म करिब ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गत साउनयता हालसम्म साना तथा मझौला...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा...
नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक-एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिनुभयो । पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर...
निर्वाचनका लागि दोलखामा भर्ती भएका म्यादी प्रहरीले जागिरको अवधि सकिन लाग्दा खान्कीको विषयमा आन्दाेलन गरेका छन् । एउटै भान्सामा पाकेको खानालाई जनपद प्रहरीलाई भन्दा प्रतिछाक करिब २५ रुपैयाँ भन्दा बढी लिएको भन्दै आन्दाेलन गरेका हुन् । खानामा बढी पैसा तिर्नुपरेको...
माओवादी केन्द्रले नयाँ सरकार गठनअघि एमालेसित पार्टी एकताको खाका तयार गर्नुपर्ने निष्कर्ष निकालेको छ । चुनावपछि पहिलो पटक बसेको पार्टी मुख्यालयको बैठकले पार्टी एकता गर्ने सहमतिको बलमै वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा विजय हासिल गरेको ठहर छ । ‘पार्टी एकताको...
बेंसीशहर, लमजुङः जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ । रु तीन लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेंसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।...
भक्तपुरः सूर्यविनायक नगरपालिका– १ सिरुटारका ८४ वर्षीय कृष्णबहादुर श्रेष्ठले हालै निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई भने,‘बाबु पानी खान पाइएन, पानी ल्याइदिनुस् है ?’ ज्येष्ठ नागरिकले पानीको माग गरेको सुन्दा विजयी र्यालीसहित सिरुटारको घरदैलोमा जानु भएका बस्नेत र प्रदेशसभा सदस्य...
चरिकोटः र्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् । दोलखाको भीमेश्वर नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमतिविपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा...
भोजपुरः निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारिखमा रिहाइ गरिएको छ । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...











