गृहपृष्ठ एकल संक्रमणीय कि बहुमतीय ?, सिट बढाउने आ-आफ्नै दाउ
एकल संक्रमणीय कि बहुमतीय ?, सिट बढाउने आ-आफ्नै दाउ
राष्ट्रिय सभा सदस्य चयनका लागि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवाद टुंगोमा नपुग्दा संघीय संसद्को माथिल्लो सदनको निर्वाचन मात्र होइन, प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा र नयाँ सरकार गठनका काम नै अवरुद्ध छन् । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय वा बहुमतीय भन्नेमा विवाद चर्किए पनि यसको मूल चुरो निर्वाचन प्रणालीका गुण–दोष नभई त्यसबाट आउने परिणामको आकलन नै हो ।
बहुमतीय प्रणालीअनुसार निर्वाचन भए प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई तिहाइकै हाराहारी सिट जितेको वामपन्थी गठबन्धन थप बलियो बन्नेछ भने एकल संक्रमणीय प्रणाली अपनाउँदा दोस्रो ठूलो दल कांग्रेसलाई ठूलो राहत मिल्ने देखिन्छ । सरकारले दुई महिनाअघि राष्ट्रपतिसमक्ष पेस गरेको अध्यादेशमा प्रस्तावित एकल संक्रमणीय निर्वाचन प्रणाली लागू गराउन सके राष्ट्रिय सभामा ९ देखि १४ सिट सुरक्षित गर्ने सम्भावना रहेको कांग्रेसलाई त्यसअघि आफंैले संसद्मा लगेको विधेयकमा जस्तो बहुमतीय प्रणाली अपनाउँदा माथिल्लो सदनमा उपस्थिति जनाउनै हम्मे पर्छ ।
प्रकाशित समय ०३:०० बजे