गृहपृष्ठ खाना पस्कने पन्युले हानेर श्रीमतीको हत्या
खाना पस्कने पन्युले हानेर श्रीमतीको हत्या
सिन्धुली– घ्याङलेख गाउँपालिका–३, तामाजोर लप्सेमा एक पुरूषले अाफ्नै श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार दिउँसो हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हान्दा घटनास्थलमै उनको मृत्यु भएको हो । पन्यु सुपरानीको टाउकोमा गाडिएपछि उनको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । गोलेले सधैं मदिरा सेवन गरी झगडा गर्ने गरेको परिवारका अन्य सदस्यले बताएका छन् । शुक्रबार गोलेले श्रीमतीसँग मदिरा सेवन गर्न २ सय रूपैयाँ मागेको र सुपरानीले दिन नमान्दा झगडा भएको परिवारको भनाइ छ ।
प्रकाशित समय १२:५८ बजे

















