गृहपृष्ठ बुटवलमा फोटो प्रर्दशनी

बुटवलमा फोटो प्रर्दशनी

बुटवल- बुटवलको फुलबारी तथा मणिमुकुन्द शेन पार्कमा प्रदेश स्तरीय फोंटो प्रदर्शनी भैरहेको छ । शनिवारदेखि शुरु भएको प्रदर्शनी आज सकिदैछ ।
प्रदेश ५ लाई फोटोको माध्यामबाट देश विदेशमा चिनाउने गरी फोटो प्रदर्शनीको गरिएको हो । प्रदेशमा रहेका ऐतिहांसिक पुरातात्विक, धार्मिक तथा पर्यटीय स्थलहरुका फोटाहरु प्रदर्शन गरिका छन् । आयोजक संस्था मणिमुकुन्द शेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेलका अनुसार प्रदर्शनीले पर्यटन प्रवद्र्वन गर्न सहयोग पुग्नेछ ।
विभिन्न महत्पूर्ण ठाउंका फोटाहरु र पर्यटन प्रवद्र्वनसंग सम्बन्धित संघसंस्थाहरुका पनि फोंटाहरु राखिएको छ । प्रदर्शनी अवलोकनका लागि टिकट निःशुल्क गरिएको छ ।
बुद्ध वल्ड राइडर्स नेपालको आयोजनामा देशका विभिन्न स्थानमा रहेका पयटकीय स्थलहरु भ्रमणका लागि काठमाण्डौबाट हिडेको १२५ जनाको भ्रमण टोलीले फोटो प्रदर्शनीको अवलोकन गरेका छन् । प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उक्त फोटो प्रदर्शनी उद्घाटन गरेकी हुन् ।

प्रकाशित समय ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु