गृहपृष्ठ ढुंगेललार्इ माफी दिने निर्णय मन्त्रिपरिषद्बाट पारित
ढुंगेललार्इ माफी दिने निर्णय मन्त्रिपरिषद्बाट पारित
काठमाडाैं– कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ माफी दिने निर्णय मन्त्रिपरिषदबाट पारित भएको छ । ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको निष्कर्षसहितको गृह मन्त्रालयको सिफारिसलार्इ आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । ढुंगेलसहित ८४० कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
ढुंगेललार्इ माफी दिने या नदिने भन्नेबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेशी आजका लागि न्यायाधीशद्वय मिरा खड्का र टंकबहादुर मोक्तानको इजलाशमा तोकिएको छ ।
प्रकाशित समय १४:१४ बजे

















