गृहपृष्ठ मार्क्सवाद र समाजवाद सम्बन्धि अन्तराष्ट्रि सम्मेलन काठमाडाैंमा

मार्क्सवाद र समाजवाद सम्बन्धि अन्तराष्ट्रि सम्मेलन काठमाडाैंमा

काठमाडौं- कार्ल मार्क्स जन्मेको दुई सय वर्ष पुगेको अवसरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ः३० बजे सेमिनारको उद्घाटन गरेका हुन् ।

द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सेमिनार समितिका अनुसार बिहीबारसम्म चल्ने सेमिनारमा कार्ल मार्क्सको योगदानका बारेमा विचार विमर्श गरिने छ ।

काठमाडौंमा आयोजना गरिने सेमिनारमा ११ देशका १५ कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहने बताइएको छ ।

दुईदिने सेमिनारमा अस्ट्रेलिया, बंगलादेश, चीन, जर्मनी, भारत, जापान, कोरिया, लाओस, रसिया, श्रीलंका र भियतनाम गरी ११ राष्ट्रका कम्युनिष्ट पार्टीका प्रतिनिधि तथा नेताहरुको सहभागीता रहनेछ ।

मार्क्सवादलाई अझ उन्नत बनाउनका लागि सेमिनार आयोजना गरिएको आयोजक समितिका संयोजक नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बताए ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीले ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’ र नेकपाका अर्का अध्यक्ष प्रचण्डले ‘आजको मार्क्सवाद र समाजवाद’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्रकाशित समय १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु