गृहपृष्ठ एकीकृत घुम्ती शिविरमा तीन सय बढीलार्इ नागरिकता, अामाकाे नामबाट पनि नागरिकता वितरण

एकीकृत घुम्ती शिविरमा तीन सय बढीलार्इ नागरिकता, अामाकाे नामबाट पनि नागरिकता वितरण

cfdfsf] gfdaf6 gful/stf DofUbLsf] dflnsf ufpFkflnsf ^ b/jfªdf cfof]lht PsLs[t 3'DtL lzlj/df b/jfªsL ;f]lgof a'9fnfO{ cfdfsf] gfdaf6 gful/stf k|bfg ub}{ k|lhc lnnfw/ clwsf/L . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरमा ३०० बढी नागरिकता वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिकाको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको घुम्ती शिविरमा ३१४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिए ।
उनका अनुसार, शिविरमा महिला तथा बालबालिका कार्यालयले २३ वटा अपांगता परिचयपत्र र ४८ वटा ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । त्यसैगरी घरेलु तथा साना उद्योग विकास समितिमार्फत दुई वटा होटल र तीन वटा पसलको दर्ता समेत गरिएको छ ।
शिविरमा जिल्लास्थित सरकारी कार्यालयले प्रवाह गरेको आफ्नो प्रशासनिक एवं परामर्श सेवा र स्वास्थ्य चेकजाँचमा गरी करीब एक हजार बढी लाभान्वित भएका छन् । शिविरको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र र नेपाली सेनाको टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट समेत आयुर्वेदिक उपचार सेवा प्रदान गरिएको थियो ।
त्यस्तै जिल्ला भूसंरक्षण, बन, कृषि, पशु सेवा, सिँचाइ सव डिभिजन, मालपोत, नापी, विद्युत्, खानेपानी तथा सरसफाइ सव डिभिजन, जिल्ला प्राविधिक, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य बीमा बोर्डलगायतका कार्यालयले आ–आफ्नो सुविधा एवं परामर्श सेवालाई शिविरमा प्रदान गरेका थिए ।
उक्त अवसरमा आएका नागरिकलाई जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक वृत्तचित्रसमेत प्रदर्शनी गरेका थिए ।
घुम्ती शिविरले नागरिकतालगायतका बेनीबाट लिनुपर्ने सेवालाई गाउँपालिकाको केन्द्रबाट सहजरुपमा लिन र ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई स्वास्थ्य परीक्षण एवं सरकारी सेवा लिन राहत मिलेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
भौगोलिकरुपमा विकटता रहेको मालिका गाउँपालिकाको सबै वडा र धोलागिरि गाउँपालिकाको वडा नम्बर ५ मल्कबाङ र ६ मराङका नागरिकले समेत उक्त शिविरबाट सेवा लिएका छन् । ग्रामीण भेगका नागरिकलाई पायक पर्ने ठाउँमै पुगेर सदरमुकामबाट प्रवाह हुने सरकारी सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । शिविरमा अामाकाे नामबाट पनि नागरिकता वितरण गरिएकाे छ ।

प्रकाशित समय १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु