गृहपृष्ठ राजपाको नयाँ नीति : सहकार्य नगर्ने, सरकार पनि नछोड्ने

राजपाको नयाँ नीति : सहकार्य नगर्ने, सरकार पनि नछोड्ने

काठमाडौं– संघीय समाजवादी फोरम नेपाललाई २ नम्बर प्रदेशमा सरकार निर्माण गर्न साथ दिएको राष्ट्रिय जनता पार्टीले सो दलसँग कुनै सहकार्य नगर्ने निर्णय गरेको छ । फोरम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहमति गरी संघीय सरकारमा सहभागी भएपश्चात राजपा उसँग असन्तुष्ट बन्दै यस्तो निर्णय गरेको हो ।

आफूसँग गठबन्धन बनाएर प्रदेश र संघीय संसदको निर्वाचनमा सहभागी भएको फोरम नेपाल नेकपासँग २ बुँदे सहमति गरी सरकारमा सहभागी भएपछि राजपाले फोरमसँग कुनै सहकार्य नगर्ने निर्णय गरेको छ । फोरमसँग सहकार्य नगर्ने बताएको राजपाले २ नम्बर प्रदेशमा भने गठबन्धन कायमै राख्ने र सरकार पनि नछाड्ने निर्णय गरेको छ । राजपाले एकातर्फ फोरमसँग सहकार्य नगर्ने भनेको छ भने अर्कातर्फ २ नम्बर प्रदेशमा भने गठबन्धन कायमै राख्ने परस्पर विरोधी निर्णय गरेको छ ।

राजपा अध्यक्ष मण्डलको तीन दिनदेखि जारी बैठकले २ नम्बर प्रदेशको सरकार मधेसी जनताको भावना अनुसार गठन भएको भन्दै नछाड्ने निर्णय गरेको छ । चुनावको समयमा मधेस सरकार निर्माण गर्ने प्रतिबद्दता अनुसारनै सरकार गठन भएकाले जनभावना विपरित सरकार छाड्न नहुने निस्कर्षमा राजपा पुगेको राजपाले बताएको छ ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु