गृहपृष्ठ चैत ८ बाट महिला उद्यमी व्यापार मेला

चैत ८ बाट महिला उद्यमी व्यापार मेला

काठमाडौं । नेपालमा तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत ८ देखि १२ गतेसम्म ललितपुरमा आयोजना हुने भएको छ ।  नेपालमा उत्पादिन वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने आयोजना गर्न लागेको जानकारी सोमबार पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शारदा रिसालले दिए । मेलामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्डलगायत देशका महिला उद्यमीद्वारा उत्पादित सामग्री राखिने छ ।

मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरेलु सामान, कागज र प्लाष्टिकजन्य वस्तु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकार, गरगहना र सजावटका सामान रहने छ ।

प्रकाशित समय ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु