गृहपृष्ठ अवकास पाएका साझा प्रकाशनका कर्मचारीहरु आन्दोलित

अवकास पाएका साझा प्रकाशनका कर्मचारीहरु आन्दोलित

महाप्रबन्धक शर्माको मागे राजीनामा

अवकास पाएका साझा प्रकाशनका कर्मचारीहरु आन्दोलित भएका छन् ।उपदान बापत पाउनु पर्ने रकम नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले असार ३२ गते देखि साझा प्रकाशन अगाडि धर्ना दिएका छन् । दुई वर्ष अघि प्रकाशनले आवश्यक सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि कर्मचारीहरुले अवकास लिएका थिए ।

तर दुई बर्षसम्म पनि अवकास बापत पाउनु पर्ने रकम नपाएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको पूर्वकर्मचारी धिरेन्द्रराज खनालले जानकारी दिए । सेवा सुविधा उपलब्ध नगराएको भन्दै पीडित कर्मचारीहरुले महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा समेत माग गरेका छन् । १ सय २८ कर्मचरी साझा प्रकाशन अगाडी धर्नामा बसेका छन् ।

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु