गृहपृष्ठ अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

फाइल तस्बिर ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक खुलेकोे छ । गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि खुलेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।  (रासस)

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु