गृहपृष्ठ मुस्लिम धर्मावलम्बीले बकर ईद पर्व मनाउँदै

मुस्लिम धर्मावलम्बीले बकर ईद पर्व मनाउँदै

बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस् : राष्ट्रपति

मुस्लिम धर्मावलम्बीले दोस्रो महान् पर्व बकर ईद हर्षोल्लासपूर्वक मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

मुस्लिम धर्मग्रन्थमा नमाज पढेपछि कुर्वानी दिने प्रचलन छ । काठमाडौंको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

यसैबीच बकर ईदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमान्त्री केपी ओली, सभामुख कृष्णबहादुर मोहरा लगायत राजनीतिक दलका शिर्ष नेताले शुुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले बकर–इद पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

बकर इदका अवसरमा प्रदेश नम्बर १, २ र ५ मा सार्वजनिक बिदा  दिइएको छ ।

प्रकाशित समय ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु