गृहपृष्ठ विप्लव समुहका कार्यकर्ताहरु धमाधम पक्राउः कोको पक्राउ परे ?

विप्लव समुहका कार्यकर्ताहरु धमाधम पक्राउः कोको पक्राउ परे ?

सरकारले प्रतिवबन्ध लगाएसँगै प्रहरीले नेकपा विप्लव समुहका कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयअगाडि भएको बम विस्फटसँगै उक्त समुहका कार्यकर्ताहरु प्रहरी पक्राउ गर्न थालेका हुन् । पछि मन्त्रीपरिषदबाट प्रतिबन्ध लगाइएपछि प्रहरी विप्लव समुहप्रति झनै कठोर बनेको छ । त्यसयता दैनिकजसो विप्लबका कार्यकर्ता पक्राउ पर्दै आएका छन् । गृह मन्त्रालयले चन्द समूहका केन्द्रीय नेताहरूलाई समेत पक्राउ गर्न निर्देशन दिएको छ ।
विप्लवका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ समेत पक्राउ परेका छन् । उनी हालसम्म पक्राउ परेका उच्च तहका नेता हुन् । सुदर्शन नेकपाभित्र तेस्रो वरियताका नेता हुन् । प्रहरीले पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त) केन्द्रीय सदस्य बसन्त श्रेष्ठ, कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठलाई त्रफाउ गरेको छ ।
यस्तै मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, नवलपरासी इञ्चार्ज गंगा ज्ञवाली ‘सुमन’, कालिकोट जनसरकार प्रमुख धनराज शाही, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का संयोजक राजु कार्कीसहित करिब २०० को हाराहारीमा प्रतिबन्धित नेकपाका नेता तथा कार्यकर्ताहरु पक्राउ परिसकेका छन् । महानगरीय प्रहरी कार्यालय काठमाडौंले मात्र दुई दर्जनको हाराहारीमा विप्लवका कार्यकर्ता पक्राउ गरेको छ ।
विप्लब समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को गृहजिल्ला कालिकोट, सुदर्शनको गृहजिल्ला रुकुम, स्थायी कमिटी सदस्य सन्तोष बुढामगरको रोल्पासहितका जिल्लाहरुमा उच्च सतर्कता बढाइएको छ ।

प्रकाशित समय १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु