गृहपृष्ठ एनआईसी एशिया बैंकले दियो पशुपति क्षेत्रलाई घुम्ती सौचालय
एनआईसी एशिया बैंकले दियो पशुपति क्षेत्रलाई घुम्ती सौचालय
एनआईसी एशिया बैंकले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकाललाई शौचालय हस्तान्तरण गरे ।
वातावरण मैत्री घुम्ती शौचालयले पाशुपत क्षेत्रमा दर्शन भ्रमण गर्न आउने भक्तजनलाई सहयोग पुग्ने अपेक्षा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
एनआइसी एशिया बैंकले मुलुकभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यति ठूलो संजाल भएको एनआइसी एशिया मुलुककै पहिलो बैंक हो ।
प्रकाशित समय १७:४८ बजे

















