गृहपृष्ठ बिखण्डनकारी हारिसके – प्रधानमन्त्री ओली

बिखण्डनकारी हारिसके – प्रधानमन्त्री ओली

kp-sharma-oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहानामा आन्तरिक द्वन्द्व मच्चाउन खोज्ने शक्ति परास्त भईसकेकाले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताएका छन् । रिपोर्टस क्लबको २१ औं बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुक टुक्राउन खोज्ने शक्ति पराजित भइसकेको बताएका हुन् । उनले भने, ‘जात, भुगोल भाषा अनेक नाममा लडाउन खोज्ने प्रयासलाई हामीले पराजित गरेका छौ ।’

उनले संविधान कार्यान्वयका लागि आवश्यक कानुन र संरचना निर्माण गरि कार्यान्यनको आधार तयार भईसकेकाले अब सम्पूर्ण शक्ति सम्मुन्नत विकास र समृद्धिमा केन्द्रीत गरिने बताए । राष्ट्रनिर्माणको महाअभियानमा सबैको योगदान सकारात्मक हुनु जरुरी रहेको भन्दै उनले अनुचित विरोधले भ्रम र अन्यौल श्रृजना गर्ने तर्फ होसियार हुनुपर्ने आवश्यकता औंल्याए । पूर्वाधारलगायतको सम्पूर्ण विकास गरि मुलुकलाई सामाजिक न्याय सहितको सुरक्षायुक्त सभ्य नेपाल बनाउने अभियानमा सरकार अघि बढेको उनको भनाइ छ ।

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु