गृहपृष्ठ हिन्दू राष्ट्र पुनःस्थापना गर्न भन्दै राप्रपाले थाल्यो हस्ताक्षर अभियान
हिन्दू राष्ट्र पुनःस्थापना गर्न भन्दै राप्रपाले थाल्यो हस्ताक्षर अभियान
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । ८१ प्रतिशत हिन्दु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन सो पार्टीले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुरु गरिएको छ । विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए ।
हस्ताक्षर संकलन गरी यही चैत २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने योजना रहेको उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि दबाब दिन सरकारलाई ज्ञापनपत्र बुझाउनका लागि मेची–महाकाली अभियान पनि चलाएको थियो ।
प्रकाशित समय १५:३० बजे

















