गृहपृष्ठ प्रधानमन्त्री भन्छन्, ‘कांग्रेसले निहुँ खोज्यो’

प्रधानमन्त्री भन्छन्, ‘कांग्रेसले निहुँ खोज्यो’

kp oli_newskarobar फाइल तस्बिर

प्रतिपक्षी दलसँग छलफल नै नगरी निर्वाचन आयोगको प्रमुख आयुक्त सिफारिस गरेको भन्ने आरोपको सरकारले खण्डन गरेको छ । प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेशकुमार थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्त सिफारिस गर्नुअघि कांग्रेसलगायतका दलसँग छलफल गरेको स्पष्ट पारेका हुन् । ‘कांग्रेसले छलफल नगरेको भनिरहेको सुन्छु,’ उनले भने, ‘तर, प्रमुख आयुक्तको चयन गर्दा कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरिएकै हो ।’ निर्णय गर्ने बैठकमा पनि देउवा बस्न नमानेको प्रधानमन्त्री ओलीको भनाइ छ । कांग्रेसले विभिन्न बाहानाबाजी गरेर सरकारसँग निहुँ खोेजेको उनले बताए ।

सबैकुरामा प्रतिपक्षी कांग्रेसले भागवण्डा खोजेकोकाले सरकारमाथी एकलौटी गरेको आरोप लगाएको हो,’ प्रम ओलीले भने ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु