गृहपृष्ठ असन्तुष्ट जिल्ला सभापतिहरुलाई देउवाको कडा चुनौती

असन्तुष्ट जिल्ला सभापतिहरुलाई देउवाको कडा चुनौती

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको सामना गर्न आफू तयार रहेको बताएका छन् । नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशन उद्घाटनका लागि बिहीबार विराटनगर आइपुगेका सभापति देउवाले २०÷२५ जना जिल्ला सभापतिले विशेष महाधिवेशनमा जोड दिएको बताए ।

पार्टीले विशेष महाधिवेशन नबोलाउने र असन्तुष्टले बोलाए फेस गर्न तयार रहेको उनले बताए । ‘चित्त नबुझेका २०/२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ ?’ देवाले प्रश्न गरे । विशेष महाधिवेशनको माग गर्ने गरी आयोजित भेलामा बाहिर हल्ला भएजति सभापतिहरु सहभागी नै नभएको देउवाको दाबी छ ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु