गृहपृष्ठ राष्ट्रिय पूँजीवाद उकास्नेतर्फ नीति तथा कार्यक्रमः सांसद गुरुङ
राष्ट्रिय पूँजीवाद उकास्नेतर्फ नीति तथा कार्यक्रमः सांसद गुरुङ
काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममागिथ आफ्नो धारणा राख्दै नेकपाका नेता एवं सांसद देवप्रसाद गुरुङले मुलुकलाई स्वदेशी उत्पादनमा आत्मनिर्भर बनाउने तर्फ नीति तथा कार्यक्रमले समेटेको बताए । उनले मुलुकको आर्थिक पुँजीवाद वृद्धि गर्ने विषयमा नीति तथा कार्यक्रमले समेटेको बताए ।
उनले नेपालमा आफ्नै उत्पादन तथा आत्मनिर्भर हुने कुरा नै नहुने अवस्था सिर्जना भएको बताए । उनले पछिल्लो सयमा कुखुराको माुसुमा मुलुक आत्मनिर्भर भएपनि वर्ड फ्लूका कारण समस्या उन्पन्न हुन लागेको बताए । उनले मुलुक आत्मनिर्भर हुने बाटोमा जानका लागि नीति तथा कार्यक्रमले समेटेको विषय बजेटमा समेटीनु पर्ने बताए ।
उनले विदेशी रेमिट्यान्सका भरमा मुलुकको अर्थतन्त्र चलेको भन्दै नेपालको अर्थतन्त्र बढाउने विषयमा नीति तथा कार्यक्रमले समेटेको बताए । उनले नेपालमा अहिले राम्रो जनशक्ति उत्पादन गर्ने र त्यसलाई निर्यात गर्ने कुरामात्रै भएको छ । यो नीति तथा कार्यक्रमले मुलुकभित्र नै रोजगारी सिर्जना गरेर जाने कुरा यसले समेटेको छ,’ उनले भने, ‘नेपालको राष्ट्रिय पूँजीवाद वृद्धिको लागि उत्तम रहेको छ ।’
प्रकाशित समय १२:३१ बजे