गृहपृष्ठ काम्युनिष्ट पार्टी भनेकै सपना बाढ्ने हो: राजपा सांसद यादव

काम्युनिष्ट पार्टी भनेकै सपना बाढ्ने हो: राजपा सांसद यादव

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखै राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्र राय यादवले कम्युनिष्ट पार्टी भनेको सपना बाढ्ने पार्टी भएको बताए । उनले नेपालमा विगतमा समेत जनतालाई सपना बाढ्ने काममा कम्युनिष्ट पार्टी अगाडी रहेको बताए ।

‘कम्युनिष्ट पार्टीले गर्ने भनेको नै सपना बाढ्ने नै हो,’ सांसद यादवले भने, ‘पहिला पनि नेपाललाई सिंगापुर बनाइदिन्छु भनेर सपना बाडेकै हो ।’ उनले मुलुकको विकासका लागि सरकारले मधेशलाई अलग राखेर हेरेको आरोप लगाए । उनले मधेशलाई केन्द्रित गरेर ल्याउनुपर्ने कार्यक्रमहरु सरकारले आफ्नो नीति तथा कार्यक्रमले समेट्न नसकेको बताए ।

उनले पहिला सपना बाढ्नेभन्दा पनि व्यवहारमा उतार्नेतर्फ जानुपर्ने बताए । उनले सामूहीक खेतीको माध्यमबाट कृषी क्षेत्रको विकासमा लाग्नुपर्ने सरकारलाई सुझाव दिए । उनले तराईमा विशेष गरी सिंचाईका योजनाहरु बनाएर लागू गर्नुपर्ने बताए । उतले यसतर्फ सरकार मौन रहेको बताए ।

‘मुलुकको सम्बृद्धिको लागि कृषीको उत्पादन वृद्धिमा काम गर्नुपर्दछ,’ उनले भने, ‘चुरेको संरक्षणमा काम गर्नेतर्फ सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन ।’ उनले चुरेको विनासले मधेश मरुभूमिमा परिणत हुँदै गएको बताउँदै यस्तो अवस्थामा कसरी सम्वृद्धि ल्याउन सकिन्छ भन्दै प्रश्न गरे ।

प्रकाशित समय १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु