गृहपृष्ठ प्रधानमन्त्रीले गरे आफू निकटका मन्त्रीलाई सुटुक्क बोलाएर छलफल

प्रधानमन्त्रीले गरे आफू निकटका मन्त्रीलाई सुटुक्क बोलाएर छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री तथा सांसदलाई बोलाएर छलफल गरेका छन् । बुधबार बिहानै मन्त्री तथा सांसदलाई बालुवाटारमा बोलाएर आफूलाई सहयोग गर्न आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा मागेपछि प्रधानमन्त्रीले आफू निकटका मन्त्रीलाई बोलाएर करिब २ घण्टा परामर्श गरेको बताइएको छ । उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड निकटका मन्त्रीहरु शक्ति बस्नेत, गिरीराजमणी पोखरेल, वर्षमान पुनलाई नबोलाएरै छलफल गरेका छन् ।

मन्त्रीहरू लेखराज भट्ट, रामबहादुर थापा, योगेश भट्टराई र घनश्याम भूसाल र केही निकटका सांसदलाई मात्र बोलाएर परामर्श लिएका हुन् । आफू संकटमा परेको भन्दै प्रधानमन्त्रीले आफूलाई सहयोग गरिदिन आग्रह गरेको बताइएको छ ।

प्रकाशित समय ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु