गृहपृष्ठ सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षको नाराबाजी
सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षको नाराबाजी
प्रतिपक्षी दलहरुले सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा नाराबाजी गरेका छन् । सभामुखले बजेटसम्बन्धमा छलफल अगाडी बढाउने बित्तिकै नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरुले नाराबाजी गरेका थिए ।
विरोध र बेल घेराउकैबीच सभामुखले आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेश गर्न समय दिएका थिए । त्यसपछि विरोधकै बीच प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । अर्को बैठक असार २२ गते बोलाइएको छ ।
आजको बैठकमा सभामुखले सुदूरपश्चिम खेलकुदसम्बन्धी विधेयक २०७६, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको जानकारी गराएका थिए ।
प्रकाशित समय १०:४४ बजे

















