गृहपृष्ठ बुधबार ११ बजे संवैधानिक परिषद्को बैठक बस्दै
बुधबार ११ बजे संवैधानिक परिषद्को बैठक बस्दै
बुधबार विहान ११ बजे संवैधानिक परिषदको बैठक बस्ने भएको छ । बुधबार बस्ने बैठकले लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरुमा नियुक्तिका सम्बन्धमा प्रकृया अघि बढाउने स्रोतले जानकारी दिएको छ ।
संवैधानिक परिषदका पदाधिकारीहरुलाई संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाईको प्रकृया सुरु हुन्छ । र उक्त प्रकृया पूरा गरेपछि राष्ट्रपतिद्वारा संवैधानिक परिषद्का पदाधिकारीहरु नियुक्त हुन्छ ।
११ बजे सिंहदरबारमा बैठक बस्ने कार्यक्रम तय भएको छ । उक्त बैठकले दीप बस्न्यातले अवकास पाएपछि लामो समयदेखि रिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको विषयमा छलफल हुने छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था संविधानको धारा २८४ को उपारा (१) ले गरेको छ । सोही धाराको उपधारा (५) अनुसार नेपाल सरकारको मुख्य सचिव संवैधानिक परिषदको सदस्य सचिव रहने व्यवस्था छ ।
प्रकाशित समय १०:४० बजे

















