गृहपृष्ठ कार्डिफलाई हराउँदै सिटी शीर्षस्थानमा
कार्डिफलाई हराउँदै सिटी शीर्षस्थानमा
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा पुनरागमन गरेको छ ।
घरेलु मैदान इत्तेहाद स्टेडियममा कार्डिफ सिटीमाथि दुई–शून्य गोलको जित निकाल्दै सिटी शीर्षस्थानमा फर्किएको हो । सिटीले दुवै गोल पहिलो हाफमा गरेको थियो । केभिन डि ब्रुयन र लिरोए सानेले गोल गरे । डि ब्रुयनले खेलको छैटौ मिनेटमै सिटीलाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा लिरोए सानेले सिटीको अग्रता दोब्बर पारे ।
जितसँगै सिटीले लिभरपुलसँग १ अंकको अग्रता लिएको छ । सिटीको ३२ खेलबाट ८० अंक छ भने समान खेल खेलेको लिभरपुलको ७९ अंक छ । कार्डिफ २८ अंकसहित रेलिगेसन जोनमा छ ।
प्रकाशित समय ०८:३३ बजे

















