गृहपृष्ठ प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल
प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल
सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर मुख्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
विकास परिषद्को बैठकका लागि काठमाडौं आएको मौकामा प्रधानमन्त्रीसँग सबैले एकैपटक भेट गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । भेटमा आगामी नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल भएको बताइएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारबीच काममा एकरुपता ल्याउने विषय पनि छलफलका क्रममा उठेको छ ।
प्रधानमन्त्रीसँगको भेटअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र, प्रदेश र स्थानीय तहका बीचमा छलफल गर्ने तयारी रहेको बताएका थिए । संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गर्न प्रधानमन्त्रीसँग सामुहिक छलफल गर्दैछौँ, उनले भनेका थिए ।
प्रकाशित समय ०८:४६ बजे

















