गृहपृष्ठ लुम्बिनी विज्डम कलेजमा अभिमुखिकरण
लुम्बिनी विज्डम कलेजमा अभिमुखिकरण
लुम्बिनी। विज्डम कलेज बुटवल–६ को आयोजानमा अभिमुखिकरण, स्वागत तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । कलेजका अध्यक्ष मधुकर शर्माका अध्यक्षतामा भएको कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले रूपन्देही हस्पटालिटी क्षेत्रमा संभावना बोकेको क्षेत्र भएको कारणले होटल लाईनको अध्ययनमा लाग्ने विद्यार्थीको भविश्य समुज्जवल भएको बताएका थिए । बुटवलमा अन्तरराष्ट्रियसम्मेलन केन्द्र निर्माणाधीन, भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माणाधीन रहेको र विश्व शान्तीको मुहान लुम्बिनी पनि रून्देहीमा नै रहेको कारण सेवामुलक व्यवसायीको भविश्य उच्च रहेको उनको भनाई रहेको थियो ।
कार्यक्रममा कलेजका सञ्चालक तथा पत्रकार केशव भण्डारीले स्वागत मन्तव्य राख्दै विद्यार्थीले प्रतिष्पधी युगमा होटल व्यवसायीको अध्ययन रोज्नु आफैमा गौरवको विषय भएको धारणा राखेका थिए । यस्तै कार्यक्रममा कलेजका निश्चिल श्रेष्ठले कलेजले निकटक भविश्यमा नै ड्राईभरटोलमा सञ्चालनमा ल्याउन लागेको एस आर रिर्सोटको बारेमा कार्यपत्र समेत प्रस्त’त गरेका थिए र कार्यक्रममा प्रअ चिरन अर्याल, शिक्षक जनक भुषाल, विद्यार्थी सुदिप थापा, होटल तथा रेष्टुरेन्ट व्यसायी संघ रून्देहीका सचि मोहन पाण्डे, कलेजका उपाध्यक्ष विमल केसी, शिक्षक जनक भुषाल, कर्मचारी शान्ता बास्तोला, लगायतले बोलेका थिए । विद्यालयका अध्यक्ष मधुकर शर्माले हाल सञ्चालनमा आएको वि.एच्.एम्., डिएच्एमको अलवा विविटीटिएम, एमविए लगायतका कक्षाहरू समेत सञ्चालन गर्ने सोच बनाइएको जानकारी गराएका थिए . कलेजमा पाचौ व्याचका विद्यार्थीलाई कार्यक्रममा स्वागत गरिएको थियो भने चौथो व्याचका विद्यार्थी ईन्टनसिपको लागि चीन जान लागेको हुँदा विदाई तथा सफल यात्राको कामना समेत रिएको थियो । हाल सम्म ! सय जना भन्दा बढिलाई ईन्टरसिपको लागि चीन पठाई सकेको छ ।
प्रकाशित समय १७:१८ बजे

















