गृहपृष्ठ बुटवलमा लोपउन्मुख तमु खेमा लिपी प्रशिक्षण
बुटवलमा लोपउन्मुख तमु खेमा लिपी प्रशिक्षण
बुटवल- तमु समुदायको भाषा खेमा लिपि प्रशिक्षण भएको छ । प्रशिक्षण उद्घाटन गर्दै तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय सदस्य झपट बहादुर गुरुङले भाषा, संस्कार, संस्कृति र लिपि मौलिक पहिचान भएकाले गुरुङहरुको मौलिक खेमा लिपिको संरक्षण र विकासका लागि गुरुङ समुदायका युवाहरुले पहल गर्नु पर्ने बताए ।
राज्यभित्र बस्ने सबै समुदायको मौलिक पहिचानलाई संरक्षण र विकास गर्ने दायित्व राज्यको भएकाले यसमा राज्य संयन्त्रले विशेष ध्यान दिनु पर्ने पनि उनले बताईन् ।
तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष विममला गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सनु थापा, तमु प्येल्हु संघ केन्द्रिय सदस्य दुद्ध बहादुर गुरुङ्ग, खेमा लिपि विकास एवं अनुसन्धानकर्ता वालनरसिङ गुरुङ, श्रीमाया गुरुङ लगायतले बालेका थिए ।
नेपाल सरकार बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा ४० जना प्रशिक्षार्थीहरु सहभागी भएका छन् । बुक्रबारदेखि शुरू भएकाे तालिम पाँच दिनसम्म चल्ने छ ।
प्रकाशित समय ०७:०८ बजे

















