गृहपृष्ठ तिलोत्तमा–४ ले गर्यो एकिकृत सम्पत्ति कर, बजेटको सुझाव संकलन

तिलोत्तमा–४ ले गर्यो एकिकृत सम्पत्ति कर, बजेटको सुझाव संकलन

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ४ ले आर्थिक बर्ष २०७५/०७६ को बजेट निति तथा एकिकृत सम्पति कर सम्वन्धि सुझाव संकलन कार्यक्रमसम्पन्न गरेको छ ।
तिलोत्तमा नगरपालिकाले लागु गर्ने भनेको एकिकृत सम्पत्ति कर, अबको बजेट, निति तथा कार्यक्रमबारे जानकारी लिने र दिने उद्धेश्यले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी वडा नं ४ का स्थानीय बासिन्दाल,े नगरपालिकाले ल्याएको कर विनियोजन सम्बन्धि कार्यक्रम स्वागतयोग्य र प्रशंशनिय भए पनि करका बारेमा आम सर्वसाधरणलाई प्रत्यक्ष जानकारी नहुदा आतंक छाएको गुनासो गरे ।
कार्यक्रममा सहभागीहरुले नगरपालिकाले अहिलेसम्म सेवा सुविधा दिने भन्दा पनि कर मात्रै असुली गर्ने हिसावले अघि बढेको हो कि भन्ने भान परेको बताए । कर बढी उठाएर मात्र नगरपालिकाको विकाश नहुनेमा सहभागीहरुले जोड दिए ।
कार्यक्रममा बोल्दै समाजसेवी एंव वडा न ४ का स्थानिय रुकु पाण्डेले, खुसीसाथ कर तिर्ने वातावरण बनाइनुपर्नेमा जोड दिए । त्यस्तै अर्का वक्ता पार्थमणि आचार्यले, करको नाममा स्थानियसंग ठुलो रकम असुली गर्न नहुनेमा नगरपालिकाको ध्यानार्कषण गराए ।
कार्यक्रममा बोल्दै स्थानीय यम बहादुर परियारले, करलाई व्यवस्थित र मान्छेको आयआर्जन अनुरुप उठाउन आग्रह गरे । त्यस्तै कार्यक्रमको दोस्रो सत्रमा वडाको बजेट, नीति तथा कार्यक्रम समबन्धमा छलफल केन्द्रित रहेको थियो ।
सहभागीहरुले पूर्वाधार विकाश, शिक्षा, स्वास्थ्य, सडक, खेलकुद र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर वजेट ल्याउन आग्रह गरेका छन । कृषक, अति विपन्न समुदाय, एंव पछाडी पारिएकाहरुको उत्थान, सहयोग र सर्मथनमा अबको बजेट केन्द्रित हुनुपर्ने सहभागितले बताए ।
आयआर्जन र स्वरोजगारलाई प्रोत्साहन गर्ने गरि अबको बजेट ल्याउन सहभागीहरुले सुझाव दिएका छन । कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै वडा न. ४ का अध्यक्ष दिवाकर ढकालले, सबैको सुझाव र सल्लाहलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
साथै उनले तत्काल सम्पति कर लगाएतका विषय लागु गर्ने भन्दा पनि अहिलेको यो कार्यक्रम सुझाव संकलन मात्र रहेकोले सबैको चित्त बुझ्ने गरि बृहत छलफल पश्चात बजेट लगायतका कार्यक्रम ल्याइने जानकारी दिए ।
अन्तरक्रियामा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, समाजसेवी, स्थानीय बासिन्दा लगाएको सहभागिता रहेको थियो ।

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु