गृहपृष्ठ ईटहरीमा टाटा मोटर्स कार मेला सुरु
ईटहरीमा टाटा मोटर्स कार मेला सुरु
काठमाडौ- टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रालिका लागि आधिकारिक वितरक ग्लोबल अटो ट्रेडर्स को संयुक्त सहकार्यमा टाटा मोटर्स कार मेला सिजन ३ सुरु भएको छ ।
उक्त मेला आइतबार सम्म संचलन हुने छ । मेलामा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, वाटर स्लाइड, स्विमिङ्ग पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रम रहेका छन् ।
मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
टाटा मोटर्स वार्षिक ४२ अर्व डलरको कारोबार गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । यस्ले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो । १०० अर्व डलरको कारोवार रहेको टाटा ग्रुपको एउटा हाँगा हो । ७६ सहायक कम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालनमा रहेको पनि बिज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय ०८:४० बजे

















