गृहपृष्ठ वित्तिय संस्था संघको अध्यक्षमा तुलाधर

वित्तिय संस्था संघको अध्यक्षमा तुलाधर

काठमाडौँ- नेपाल वित्तिय संस्था संघको अध्यक्षमा सरोजकाजी तुलाधर निर्वाचित भएका छन् । संघको २२ औँ साधारण सभाले तुलाधरलाई अध्यक्षमा निर्वाचित गरेको हो । तुलाधर गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि पनि संघको अध्यक्षको रुपमा कार्यरत थिए । तुलाधर यसपाली पनि निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै,संघको प्रथम उपाध्यक्षमा राजकुमार राई,महासचिवमा दिनेशलाल क्षेष्ठ,कोषाध्यक्षमा सन्तोष निरौला,निर्वाचित भएका छन् । त्यस्तै, कार्यकारी सदस्यमा अनिल श्रेष्ठ,राजोजमान श्रेष्ठ,लक्ष्मीलाल नकर्मी,भवानीशंकर चापागाईँ,सुरेन्द्रबहादुर न्हुछे र लिलामणी न्यौपाने निर्वाचित भएका छन् ।
मनोनीत सदस्यमा भिष्मराज चालिसे र विशाल हुमागाई छनोट भएका छन् । सल्लाकारतर्फ सुनिल पन्त,समाजप्रकास श्रेष्ठ र रजनिसकुमार सिंह छनोट भएका छन् ।

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु