गृहपृष्ठ टेलिया सोनेरा १५ दिनको अल्टिमेटम

टेलिया सोनेरा १५ दिनको अल्टिमेटम

पुस, २०- ६५ अर्व रुपैया“भन्दा बढी कल तिर्न १५ दिनको अल्टिमेटम आन्तरिक राजस्व विभागले स्वीडेनको टेलिकम टेलिया सोनेरालाई दिएको छ । नेपालको एनसेल बिक्री गर्दा प्ु“जीगत लाभकरको दायित्वमा व्याज जोडेर आउने ६५ अर्व ४० करोड रुपैया“
सहितको सूचना ठुला करदाता कार्यालयले जारी गरेको छ ।
१५ दिनको सार्वजनिक सुचना जारी गर्दे उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुलउपर गर्ने चेतावनी समेत दिएको छ । जेठ १३ मा कार्यालयले टेरियालाई कर तिर्न पत्रचार गरे पनि सम्पर्क विहिन हु“दा असारमा १५ दिनको सूचना जारी गरेको थियो । २०७२ चैत्रमा उक्त कम्पनिले आजियाटालाई एनसेलको ८० प्रतिशत स्वामित्व बिक्रि गरी नेपालबाट बाहिरिएको थियो ।
करदाता कार्यलयका प्रमुख कर अधिकृत अर्जुनप्रसाद भटराईका अनुसार १५ दिनसम्म कर दाखिला गर्न नआएमा उक्त कम्पनीका सबै कारोबार रोक्का गर्ने अधिकार भएको र टेलियाको मुख्य कार्यालय स्वीडेनमै विभिन्न माध्यमबाट पत्राचार गरेको र पत्र बुझुेको रसिदसमेत कार्यालयलाई प्राप्त भएको छ तर, पटक पटक ताकेता गर्दा पनि सम्पर्क नआएका उनले बताए ।
मंगलबार एनसलेको मुख्य कम्पनी टेलिया सोनेराका नाममा जारी गरिएको सूचना अनुसार टेलियाले आफ्नो स्वामित्वको सेयर मलेसियाको आजियाटाको नाममा बिक्रि गर्दा लागेको पु“जीगत लाभकरको दायित्वमा व्याजसमेत ६५ अर्ब ४० करोड रुपैया“ १५ दिन भित्र तिर्न भनिएको हो ।
गत असारमा टेलियाका नाममा व्याज तथा जरिवाना जोडेर ६० अर्व ७१ करोड पु“जीगत भागकर कायम गरेको थियो । ६ महिनासम्म पनि कर दाखिला नगरेपछि त्यसमा लाग्ने १५ प्रतिशत जोडेर नया“ दायित्व सार्वजनिक गरको छ ।
भट्टराईले टेलिया मलेसियाको आजियाटा समूहलाई ८० प्रतिशत स्वामित्व बिक्रि गर्दा पु“जीगत लाभकर ६० अर्ब ७१ करोड २४ लाख रुपैया“ तिर्नुपर्ने बताए ।
यस अघि पनि कर नतिर्ने कम्पनीको सूचीमा उक्त कम्पनीलाई राखेको थियो ।
एनसेलले स्वामित्व परिवर्तनमा तिर्ने विषयको मुदा अदालतमा विचारधीन अवस्थामा छ । कार्यालयले रोक लगाए पनि लाभांश रकम लैजान दिनु पर्ने फैसला सर्वोच्च अदालतले गरेको छ ।
एनसेलले अहिलेसम्म तिरेको रकम लाभकरबापत २३ अर्ब ५६ करोड रुपैया हो ।

प्रकाशित समय १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु