गृहपृष्ठ होङ्सी शिवम सिमेन्टले थाल्यो उत्पादन
होङ्सी शिवम सिमेन्टले थाल्यो उत्पादन
नवलपरासी– नवलपरासीमा स्थापित नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहको ३६ अर्ब लगानीमा स्थापित उद्योगले यसै महिनादेखि उत्पादन सुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ । पूर्ण क्षमता १२ हजार टन रहेको कम्पनीले जनाएको छ । अहिलेसम्म नेपालमा सबैभन्दा बढी अर्घाखाँची सिमेन्टले दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । कारखाना पूर्णरुपमा सञ्चालनमा आउदा दैनिक एक हजार नेपाली र ४ सयभन्दा बढी चिनियाँ कामदारले रोजगारी पाउने उद्योग प्रशासनले जनाएको छ । कारखानाले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा नै प्रयोग गरेर थप १२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ ।
प्रकाशित समय १७:४६ बजे

















