गृहपृष्ठ किंग फिसर प्रिमियम बियर बजारमा

किंग फिसर प्रिमियम बियर बजारमा

काठमाडौं- एसियाकै ठूलो बियर कम्पनीमध्येको युनाइटेड ब्रुअरिज लिमिटेडले यति ब्रुअरीसँग सहकार्य गरी किंग फिसर प्रिमियम तथा किंग फिसर स्ट्रंग बियर बजारमा ल्याएको छ ।
युनाइटेड ब्रुअरिजले विश्वभर आफ्ना उत्पादन पुर्याउने लक्ष्यअनुसार नेपाली बजारमा उक्त बियर बिक्री सुरु गरेको हो । किंग फिसर स्ट्रंग गुणस्तरीय माल्टेड बार्ली तथा हप्स प्रयोगद्वारा उत्पादन गरिएको छ । यसको स्वाद तथा गुणस्तरियताका कारण किंग फिसर बियरको माग बढ्ने अपेक्षा पनि कम्पनीले गरेको छ ।
युनाइटेड ब्रुअरिजका प्रबन्ध निर्देशक शेखर राममुर्तीले किंग फिसर विश्वव्यापी रूपमा स्थापित भारतीय ब्रान्ड भएको भन्दै नेपालमा यती ब्रुअरीसँग सहकार्य गरी किंग फिसर प्रिमियम र किंग फिसर स्ट्रंग ल्याएको बताए ।
त्यसैगरी, यति ब्रुअरीका प्रबन्ध निर्देशक सञ्जीव सराफले किंग फिसर बियरलाई नेपाली बजारमा प्रस्तुत गर्नु बियर उद्योगका लागि एक महत्वपूर्ण कोसेढुंगा भएको जिकिर गरे । यसको प्रिमियम ६५० एमएलको बोटलमा उपलब्ध छ । यसको मूल्य २७५ रुपैयाँ रहेको छ । त्यसैगरी, ५०० एमएल क्यानको मूल्य २१० रहेको छ । स्ट्रंग ६५० एमएल बोटलको मूल्य २३५ तथा क्यानको मूल्य १८० रुपैयाँ रहेको छ ।

प्रकाशित समय ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु