गृहपृष्ठ बिमितलाई आईएमई लाइफ इन्स्योरेन्सको आर्थिक सहयोग
बिमितलाई आईएमई लाइफ इन्स्योरेन्सको आर्थिक सहयोग
काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट वैदेशिक रोजगार जीवन बिमा गराई वैदेशिक रोजगारका सिलसिलामा संयुक्त अर्ब इमिरेट्स गएका जनकपुरका शंकरकुमार खपांगीको नेपालमा उपचारका क्रममा मृत्यु भएकामा उनलाई आईएमईले सहयोग गरेको छ ।
त्यसैगरी, सिन्धुपाल्चोककी रीता बुढाथोकी शेर्पाको विदेशमा मृत्यु भएकाले मृतकका बिमित शंकरकुमार खपांगीले इच्छाएको व्यक्ति गंगाकुमारी थापालाई र मृतकका बिमित रीता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको पति पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन १३ लाख र १४ लाख रुपैयाँको चेक कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्यले एक समारोहबीच हस्तान्तरण गरेका हुन् ।
प्रकाशित समय ०९:१९ बजे