गृहपृष्ठ राष्ट्र बैंकले आइतबार पुनः १० अर्ब बजारमा पठाउँदै
राष्ट्र बैंकले आइतबार पुनः १० अर्ब बजारमा पठाउँदै
पुस, २१- बजारमा लगानीयोग्य पुँजीको संकट समधानका लागि नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारमा पठाइएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत एक सातामा ३ पटक गरी २५ अर्ब रुपैयाँ पठाउदा समत पुँजीको समस्या समधान नहुने भएपछि आइतबार फेरि बैंकिङ प्रणालीमा पुनः १० अर्ब रुपैयाँ पठाउन लागेको हो ।
बजारमा पठाउने रकम ३५ अर्ब रुपैयाँ पुग्ने छ । बैंक तथा वित्तीय संस्थाले बढी रकम मागेपछि नेपाल राष्ट्र बैंकल आउदो आइतबार १० अर्ब रुपैयाँ बजारमा पठाउने लागिएको हो ।
बिहीबार १८ बैंक तथा वित्तीय संस्थाले १४ अर्ब १४ करोड ४४ लाख रुपैयाँ माग गरेकोको र १३ संस्थाले ७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ मात्र पाएका छन् । कुपन रेट र डिस्काउन्ट रेट जोडदा ब्याजदर करिडोर नीतिले तय गरेको ३ प्रतिशत तल गएपछि आज धेरै रकम बजारमा नगएको हो । बैंक तथा वित्तीय संस्थाले झण्डै २३ अर्ब रुपैयाँ मागेका थिए ।
बुधबार १३ बैंक तथा वित्तीय संस्थाले १० अर्ब रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको छ । बुधबार १३ बैंक तथा वित्तीय संस्था मात्र योग्य भएपछि उनीहरुले पाएको राष्ट्र बैंकले जानकारी दिएको छ । अधिक रकम माग भएकाले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको प्रष्टै देखिएको छ । गत आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समधान गर्न बुधबार थप रकम पठाएको हो ।
मंगलबारसम्म बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ तरलता छ । लगानीयोग्य पुँजीको समस्या देखिएपछि राष्ट्र बैंकले ऋणपत्र खरिद गरेको हो । राष्ट्र बैंकले गत वर्ष यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । यो वर्ष दुई पटक गरी १५ अर्ब रुपैयाँ बजारमा पठाए ।
लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् । अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ ।
प्रकाशित समय ०१:३२ बजे