गृहपृष्ठ डीम्याट खाता खोल्दा शुल्क नलिने ः सानिमा क्यापिटल

डीम्याट खाता खोल्दा शुल्क नलिने ः सानिमा क्यापिटल

पुस, २१- डीम्याट एकाउण्ट खोल्दा लाग्ने शुल्क सानिमा क्यापिटल लिमिटेडले हटाएको छ ।
कर्मचारी सञ्चय कोषमा रकम वचत गरेका बचतकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा चिलिमे जलविद्युत कम्पनी लिमिटेडका कर्मचारीका लागि यो छुट दिएको सानिमाले बताए ।

भविष्यमा सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड र मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका साधारण शेयर निष्काशन हुने र सोमा आवेदन गर्नका निमित्त डिम्याट खाता अनिवार्य रहेको जानकारी सानिमाले दिए ।
शेयर आवेदनका लागी आवश्यक डिम्याट खाता सानिमा बैंकको देशैभरी रहेका कुनै पनि शाखा कार्यालय तथा सानिमा क्यापिटलबाट सहज रुपमा खोल्न सकिनेछ ।

प्रकाशित समय ०१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु