गृहपृष्ठ लगानी कोषका कर्मचारीलाई तालिम
लगानी कोषका कर्मचारीलाई तालिम
????????????????????????????????????
काठमाडाैं- नागरिक लगानी कोषले १५ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ । कोषका ती कर्मचारीलाई केएफए प्रालिले ‘प्रोफेसनल एकाउन्टिङ कोर्स’सम्बन्धी १० दिने तालिम दिएको हो ।
तालिमको प्रमाणपत्र कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सहभागी कर्मचारीलाई प्रदान गरेका हुन् । कोषले यस्तो तालिमलाई निरन्तरता दिँदै आइरहेको छ । कोषमा कार्यरत जनशक्तिको वृत्ति विकासका लागि यस्तो तालिम कोषले दिँदै आएको छ ।
सो अवसरमा तालिम प्रदायक कम्पनी केएफएका सिनियर बिजनेस एक्जुकेटिभ अशोक रायले कर्मचारीहरूले तालिम पछि आफ्नो कार्यालयमा आफूले सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित समय ०९:३० बजे

















