गृहपृष्ठ अाज र भाेली दुईदिने भारतीय शैक्षिक मेला शुरू हुँदै
अाज र भाेली दुईदिने भारतीय शैक्षिक मेला शुरू हुँदै
काठमाडौं- राजधानीमा दुईदिने भारतीय शैक्षिक मेला आयोजना गरिने भएको छ । नेपाल इन्डिया काउन्सिल फर एजुकेसन (नाइस)को आयोजनामा हुने शैक्षिक मेलामा भारतका विभिन्न लोकप्रिय युनिभर्सिटी तथा कलेजको कार्यक्रम र भर्ना प्रक्रियाबारे जानकारी दिइनेछ ।
१३ र १४ जेठ गरी दुई दिनसम्म चल्ने मेला बिहान १० बजे सुरु भएर बेलुकी ६ बजेसम्म जारी रहने आयोजक संस्थाले जानकारी दिएको छ । उच्च शिक्षा अध्ययनका लागि भारतको एनएएसी, एबीईटी, एनबीएलगायतबाट मान्यताप्राप्त उत्कृष्ट युनिभर्सिटी तथा कलेजबारे नेपाली विद्यार्थीलाई जानकारी दिइने पनि विज्ञप्तिमा उल्लेख छ ।
मेलामा इन्जिनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाइन, आइटी, पाइलट ट्रेनिङ र आयुर्वेदिक संकायबारे जानकारी दिइनेछ । १० वर्षभन्दा लामो समय व्यावसायिक ढंगले काम गरेका परामर्शदाताले एउटै थलोमा बसेर सत्यतथ्य तथा भरपर्दो जानकारी उपलब्ध गराउने भएकाले मेला नेपाली विद्यार्थीका लागि फलदायी रहेन आशा गरिएको छ ।
विद्यार्थीलाई युनिभर्सिटीबारे मात्र नभएर अबको विश्व बजारमा कुन विषय लिएर पढ्दा आफ्नो भविष्य राम्रो बन्छ भन्ने विषयमा पनि जानकारी दिइने आयोजकले बताए । मेलामा युनिभर्सिटी र कलेज छान्ने मात्र नभई भविष्य खोज्ने अवसर पनि विद्यार्थीले पाउनेछन् । मेलामा युनिभर्सिटी तथा कलेजका आधिकारिक व्यक्तिबाट प्रत्यक्ष जानकारी दिइने आयोजकले जनाएको छ ।
नेपाल इन्डिया काउन्सिल फर एजुकेसन (नाइस) नेपाल र भारतको शिक्षालाई उच्च व्यावसायिकताका साथ प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । मेलामा सहभागी विद्यार्थीलाई छात्रवृत्ति व्यवस्था गरिनुको साथै भारतमा अध्ययनका लागि जाँदा भुटान एयरलाइन्सले न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने बताइएको छ । शारदा युनिभर्सिटी मुख्य प्रायोजक रहेको उक्त मेलाको बेंग्लोर टेक्नोलोजिकल इन्स्टिच्युडले सहप्रायोजन गरेको छ ।
प्रकाशित समय ०९:४० बजे

















