गृहपृष्ठ सिजनको पहिलो एल क्लासिको बार्साको मैदानमा हुने
सिजनको पहिलो एल क्लासिको बार्साको मैदानमा हुने
स्पेनिस लिग ला लिगाअन्तर्गत नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
अगस्ट १८ तारिखमा हुने पहिलो खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले प्रतिस्पर्धा गर्नेछन् । नयाँ सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात् बार्सिलोना र रियल मड्रिडबीचको खेल अक्टोबर १७ मा हुनेछ । पहिलो एल क्लासिको बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ भने दोस्रो एल क्लासिको मे १ का लागि तय भएको छ ।
लिग च्याम्पियन बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल भने एट्लेटिक बिल्बाओसँग खेल्नेछ । रियल मड्रिडको पहिलो भेट सेल्टा भिगोसँग हुनेछ ।
प्रकाशित समय १०:४६ बजे

















