गृहपृष्ठ लिबियामा मारिने आप्रवासीको संख्या ५३ पुग्यो
लिबियामा मारिने आप्रवासीको संख्या ५३ पुग्यो
लिबियामा गत मंगलबार विद्रोहीको हमलामा परेर मृत्यु हुने आप्रवासीको संख्या ५३ पुगेको छ ।
संयुक्त राष्ट्र संघको स्थानीय कार्यालयले ५३ जनाको मृत्यु भएको जनाएको हो । बन्धक बनाइएका आप्रवासीलाई रिहा गर्न पनि राष्ट्र संघले आग्रह गरेको छ । उक्त घटनामा लमजुङका सन्तोष श्रेष्ठको पनि मृत्यु भएको छ । ८ जनालाई नेपाल फर्काइएको र अन्य ६ नेपाली स्वदेश फर्किने क्रममा रहेको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।
६ जना नेपालीमा शिव बीके, अर्पण अधिकारी, चित्र ओली, ललित साउद, राजकुमार बस्नेत र रमेशकुमार मिश्र रहेको दूतावासले जनाएको छ ।
प्रकाशित समय १०:२१ बजे

















