गृहपृष्ठ कालीगण्डकीमा पुल निर्माण कार्य तिव्र
कालीगण्डकीमा पुल निर्माण कार्य तिव्र
पुस, २७ कालीगण्डकीमा पुल निर्माण धमाधम भइरहेको छ । पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट जोड्ने कार्य अगाडि बढेपछि स्थानीयवासी खुशी भएका छन् ।
जेभी काठमाडौँको सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले २०७२ फागुन १६ गते शिलान्यास गरेका तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने बताएका थिए । एकसय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लाग्ने र अहिलेसम्म ७० प्रतिशत कार्य सम्पन्न भएको ठेकेदार एकदेव भट्टराई बताउनुभयो ।
आगामी असार मसान्तसम्ममा पुल निर्माणको काम सकिने लक्ष्य राखिएको छ । पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर, स्याङ्जाको चापाकोटलगायतका स्थानियवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । यही पुलबाट नदी वारिपारि यात्रा गर्न, गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयलाई धेरै फाइदा पुग्नेछ ।
प्रकाशित समय ०४:१० बजे