गृहपृष्ठ तिलौराकोटमा उत्खनन कार्य पुनः शुरु

तिलौराकोटमा उत्खनन कार्य पुनः शुरु

जीतपुर, कपिलवस्तु,  पुस, २७-  पुरातत्व विभागले बुद्ध तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोट उत्खनन शुरु गरिएको छ । तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन शुरु गरिएको हो ।

विज्ञको टोलीले ५५ दिनसम्म उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गर्ने बताइएको छ । प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने अपेक्षा गरिएको पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले बताए ।

उहाँका अनुसार तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन गरिनेछ । यसअघि तिलौराकोट दरबारभित्र मध्यभाग, पोखरीको दक्षिण भाग र निग्राधाराम कुदानमा पनि उत्खनन गरिएको थियो ।
२०१४ देखि पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन् उत्खनन र अनुसन्धानको कार्य थाल्दै आएका छन् ।
जापानी नागरिक कासाइको सहयोगमा उत्खनन गर्न लागिएको हो ।तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्तावित गरिएको छ, यसका लागि आवश्यक प्रमाण र कागजात जुटाउने कामसमेत भइरहेको छ ।
उत्खनन टोलीमा बेलायतको डुर्हम विश्वविद्यालयका विज्ञ, नेपाल सरकार पुरातत्व विभाग र लुम्बिनी विकास कोष, त्रिभुवन विश्वविद्यालय तथा लुम्बिनी विश्वविद्यालयका विद्यार्थी पनि सहभागी छन् ।

प्रकाशित समय ०३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु