गृहपृष्ठ एक मेगावाटसम्मको जलविद्युत आयोजनाको अनुमतिपत्र स्थानीय तहबाटै
एक मेगावाटसम्मको जलविद्युत आयोजनाको अनुमतिपत्र स्थानीय तहबाटै

काठमाडौं-एक मेगावाट सम्मको जलविद्युत आयोजनाको अनुमतिपत्र स्थानीय तहले जारी गर्न पाउने भएका छन्।
नेपालको संविधान अनुसार जलविद्युत सम्वन्धी अधिकार तीनै तहमा छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले एक मेगावाट सम्मका जलविद्युत आयोजनाको अधिकार स्थानीय तहलार्इ दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार कार्यान्वयनका लागि कार्यविधी वनिसकेको छैन्।
कार्यविधी नबनाएसम्मका लागि विद्युत विकास विभागबाट प्राविधिक आधारमा एक मेगावाटसम्मको अधिकार दिइएको हो।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभागलार्इ पत्राचार गर्दै यो जानकारी गराएको हो।
प्रकाशित समय ०८:०५ बजे