गृहपृष्ठ भरुवा बन्दुक र बँदेलको मासु बरामद

भरुवा बन्दुक र बँदेलको मासु बरामद

सांकेतिक तस्बिर ।

गौरीगंगा नगरपालिका- ६ दैधबारी बारवन साझेदारी सामुदायिक वनबाट प्रहरीले आइतबार बिहान एकनाल भरुवा बन्दुक र बँदेलको मासु बरामद गरेको छ ।

उक्त ठाउँमा भरुवा बन्दुक रहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले बँदेलको मासु र भरुवा बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु